सिरहाको गोलबजारमा प्रेसरकुकर बम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिरहाको गोलबजारमा प्रेसरकुकर बम


८ पुस २०७५, आइतबार


जनकपुर । सिरहाको गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकम टावरनजिकै प्रेसरकुकर बम फेला परेको छ।

टेलिकम टावरदेखि करीब डेढ सय मिटर दक्षिणमा शक्तिशाली प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

नेपाली सेनाको नयाँ गोरख गण, चोहर्वाबाट आएको बम डिस्पिोजल टोलीले बम निस्कृयको प्रयास गरिरहेको छ।

घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तैनाथ गरिएको छ।

सो क्षेत्रमा अहिले आवतजावत बन्द गरिएको छ।

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस