इन्डोनेसियाको सुनामीमा ४३ को ज्यान गयो, ५सय ८४ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्डोनेसियाको सुनामीमा ४३ को ज्यान गयो, ५सय ८४ घाइते


८ पुस २०७५, आइतबार


काठमाडौं । इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीमा परी ४३ जनाको ज्यान गएको छ । ५८४ जना घाइते भएका छन् भने केही हराइरहेका छन् ।

इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका अनुसार हराएका तथा घाइतेको संख्या धेरै भएकाले मृत्युको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सयौंको संख्यामा घरहरु भत्केका छन् ।

त्यहाँका सरकारी अधिकारीका अनुसार सुनामीले सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्‍याएको छ ।

क्राकाटोआ नामक ज्वालामुखी विस्फोटपछि समुद्रमुनि गएको पहिरोले सुनामी आएको हुनसक्ने अनुमान छ ।

इन्डोनेसिया ज्वालामुखी विस्फोट तथा भूकम्पको चपेटामा पर्दै आइरहेको छ । गत सेप्टेम्बरमा मात्रै भूकम्पपछि आएको सुनामीमा परी त्यहाँ २ हजारले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस