हाँडीगाउँ प्रशासन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हाँडीगाउँ प्रशासन


प्रशासन संवाददाता

७ पुस २०७५, शनिबार


सानालाई ऐन ठुलालाई चैन, धन्य हो अध्यादेश।
खरिदारदेखि उपसचिवसम्म, स्थानीय वा प्रदेश।
पहुँचवाला सहसचिव सचिव, केन्द्रीयता चलाउ।
संघबाट पठाउ मुख्य पद सबै, संघीयता फलाउ।

योग्यतामूलक प्रणाली छोडी, तजविजमा खटाउ।
वृत्ति विकासका सिध्दान्त सबै, नौ डाँडा कटाउ।
संसदीय व्यवस्था संसद थियो, पास गर्न डरायौ।
ऐच्छिक हैन अनिवार्य मलाई, फर्म भर्ने गरायौ।

उत्प्रेरणा भन्ने कुन चरी होला, के होला सुशासन।
अयोग्य मातहत योग्यतावान, हाँडीगाउँ प्रशासन।
संघीय प्रदेश स्थानीय ऐन, चाहिने कि नचाहिने।
श्रेणीमा नियुक्त श्रेणीमै बस्न, किन हो नपाइने।

सरकार कसरी सफल होला, कर्मचारी तर्साउने।
छलफल छैन पीडा सुन्ने हैन, कानूनले बर्साउने।
सर्प नि मर्ने लठ्ठी जोगाउने, बाटो छ खोजौंला।
जबर्जस्ती नगरी सम्झौता गरे, मनखुसी रोजौंला।

आलोकाँचो होइन स्वार्थी विज्ञ, मुलुकमा धेरै भो।
न्यायोचित पठाउ गाउँमा जान्छु, गाउँ नि मेरै हो।
समृद्ध नेपाल सुखी नेपाली, सरकारको यो नारा।
यही पारा भए यही नीति रहे, भगवानको सहारा।

Tags :
प्रतिक्रिया दिनुहोस