सुन्तला उत्पादन बढ्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुन्तला उत्पादन बढ्ने


प्रशासन संवाददाता

५ पुस २०७५, बिहिबार


चितवन । जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रुखका आधा सुन्तला टिप्न बाँकी रहेको छ ।

कृषि ज्ञान केन्द्र भरतपुरका बागबानी अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष हावाहुरी, असिना पानीलगायतका कारण सुन्तलामा असर परेको छैन । यससँगै उत्पादनसमेत राम्रो रहेको छ ।
यस वर्ष जिल्लामा सुन्तला लगाइने क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादन र उत्पादकत्वमा समेत बढेको छ ।

वर्ष २५४ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको उनले बताए । २ हजार ४०० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको उनले बताए । गत वर्ष २४४ हेक्टरमा लगाइएको सुन्तला खेतीबाट २ हजार २०० मेट्रिक टन उत्पादन भएको थियो ।
थापाले गत वर्ष उत्पादकत्व प्रतिहेक्टर नौ मेट्रिक टन रहेकोमा यस वर्ष सो बढेर १० पुग्ने अनुमान गरिएको बताए ।

जिल्लाको इच्छाकामना गाउँपालिका–२ को दाहाखानी, काउले, दारेचोक, चाण्डिभञ्ज्याङ्गलगायतका क्षेत्र सुन्तलाको पकेट क्षेत्र हो । व्यावसायिक रुपमा सुन्ताला खेती गर्ने किसानको सङ्ख्या ३०० रहेको छ । एक जना कृषकले सुन्तला बिक्रीबाट रु ५ लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।  यहाँ उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरालगायत देशका विभिन्न शहरमा निर्यात हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस