विषादीरहित कृषि उत्पादनमा जोड : मन्त्री लामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विषादीरहित कृषि उत्पादनमा जोड : मन्त्री लामा


प्रशासन संवाददाता

४ पुस २०७५, बुधबार


हेटौँडा । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले विषादी प्रयोग गरेर कृषि उत्पादन नगर्न किसानलाई आग्रह गरेका छन् ।

स्वाभिमानी विकास समृद्ध महासंघ नेपालको प्रथम प्रदेश स्तरीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै विषादीको प्रयोगले कृषि अन्नबालीको मात्र नभइ पशुपन्छीको स्वास्थ्यमा समेत असर पुग्ने गरेकाले विभिन्न रोग उत्पन्न हुने गरेको उल्लेख गरे । विषादीरहित कृषिजन्य तथा दुग्ध उत्पादनका साथै सामूहिक कृषि खेती गर्न किसानलाई उनले सुझाव दिए ।

उक्त संस्थाका केन्द्रीय अध्यक्ष उद्धव अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतलगायत विभिन्न संघ–सङ्गठनका पदाधिकारीले किसानको हकहितका बारेमा बोलेका थिए । २ दिनसम्म चल्ने सो अधिवेशनमा करीब १५० जनाको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस