कर्मचारी मिलन केन्द्रको अध्यक्षमा पौड्याल चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी मिलन केन्द्रको अध्यक्षमा पौड्याल चयन


प्रशासन विशेष ब्युरो

१ पुस २०७५, आइतबार


कर्मचारी मिलन केन्द्र

डोटी । कर्मचारी मिलन केन्द्र डोटीको अध्यक्षमा पुन शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्तकुमार पौड्याल सर्व सम्मतरुपमा चयन भएका छन् ।

तेस्रो साधारण सभाबाट नयाँ कार्य समितिमा उपाध्यक्ष भु तथा जलाधार संरक्षण अधिकृत हरिवंश आचार्य, सचिव डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकाया, सह सचिव जिल्ला सरकारी वकिल कार्यालय डोटीका जिल्ला न्यायधिबक्ता पूर्णबहादुर केसी र कोषाध्यक्षमा कृषि विकास बैङ्क डोटीका शाखा प्रबन्धक दीर्घ बहादुर शाह रहेका छन् ।

यसै गरी अन्य सदस्यहरूमा क्रमशः सेती प्राविधिक कार्यालय दिपायलका प्रमुख शालिग्राम डाँगी, सशस्त्र प्रहरी बल दिपायलका नायव उपरिक्षक देवराज जोशी, बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेय जिल्ला प्रशासन कार्यालय डोटीका कम्प्युटर अपरेटर बिद्या तामाङ, जिल्ला स्वास्थ्य कार्यालय डोटीका सिअहेब उत्तम राज उपाध्याय र शिखर नगरपालिकाका आन्तरिक लेखा परीक्षक अमरबहादुर खड्का चयन भएको नव निर्वाचित सचिव सुरेश रोकायाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पौड्यालले विगतका वर्षमा कर्मचारी मिलन केन्द्रले केही कामै गर्न नसकेको नभई सङ्घीयता कार्यान्वयनको चरणमा कर्मचारी व्यवस्थापनमा भएको व्यस्तता, फेरबदलले गर्दा सोच अनुसारको काम हुन नसकेको भए पनि आगामी दिनमा जिल्लाको समग्र क्षेत्रको विकासमा टेवा पुग्ने काम गर्ने बताए ।

उनले सबै कार्यालयहरूको सहभागिता रहने गरी घुम्ती शिविर सञ्चालन गर्ने, स्मारिका प्रशासन गर्ने लगायत रचनात्मक काममा निरन्तरता दिनेसमेत बताए ।

कार्यक्रमको उद्घाटन गर्दै कर्मचारी मिलन केन्द्र डोटीका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कर्मचारी मिलन केन्द्र डोटीलाई आम कर्मचारीहरूको साझा चौतारीको रूपमा विकास गर्दै रचनात्मक काम गर्नु गर्ने कुरामा जोड दिए । उनले भने– कर्मचारी भनेका जनताका सेवक हौँ, हामीले सेवा प्रवाहलाई छिटो छरितो, चुस्त दुरुस्त बनाउन हरपल प्रयास गर्नुपर्छ ।

सेवा प्रवाहमा प्रभावकारिता आउन सके जनताले विकासको अनुभूति गर्ने समेत प्रजिअ सुवेदीले बताए ।

कार्यक्रममा जिल्ला स्थित सरकारी, संस्थान कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस