कर्मचारी समायोजन अध्यादेशप्रति स्वास्थ्यका ८ ट्रेड यूनिएनका ९ असन्तुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारी समायोजन अध्यादेशप्रति स्वास्थ्यका ८ ट्रेड यूनिएनका ९ असन्तुष्टि


१ पुस २०७५, आइतबार


डाक्टर

काठमाडौँ । कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ ले स्वास्थ्यका कर्मचारीमाथि अन्याय भएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरूले सच्याउन माग गरेका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सत्तारुढ दलनिकटसहित स्वास्थ्यका ८ ट्रेड युनियनले ९ सूत्रीय मागसहित कडा आन्दोलनको चेतावनी दिएका हुन् ।

यस्ता छन् माग

– समायोजन अध्यादेशको दफा ७ को उपदफा ४ बमोजिम स्वास्थ्यकर्मी समायोजन गर्नेक्रममा कम्तीमा एक तह स्तरवृद्धि गरिनुपर्ने ।

– कर्मचारी समायोजन व्यवस्थापन गर्दा तीनै तहमा दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्नुपर्ने ।

– स्वास्थ्यसेवाका कर्मचारी समायोजन गर्दा छुट्टै सफ्टवेयर निर्माण गर्नुपर्ने ।

– जिल्ला स्वास्थ्य/जनस्वस्थ्य कार्यालय तथा सम्पूर्ण स्थानीय तहहरूमा खोप, परिवार नियोजन, क्षयकुष्ठ, भे। कन्ट्रोल, नर्सिङ पारामेडिक्सलगायत अत्यावश्यक सम्पूर्ण कर्मचारीको दरबन्दी अनिवार्य रूपमा राखिनुपर्ने ।

– स्थानीय तथा प्रदेश निजामती कर्मचारी सेवा–सुरक्षा, सेवा–सुविधा स्पष्ट हुने ऐन निर्माण भएपश्चात् मात्रै कर्मचारी समायोजन गरिनुपर्ने ।

– स्वास्थ्य संस्था तथा स्थानीय तहको दरबन्दी कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ को उपदफा २ को ख र ग मा व्यवस्था भएबमोजिन तहगत रूपमा दरबन्दी सिर्जना गरी समायोजन गरिनुपर्ने ।

– कर्मचारी समायोजनपश्चात् सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहमा सरुवा तथा वृतिविकासको बाटो खुला गरिनुपर्ने ।

– स्वास्थ्यसेवाका कर्मचारीलाई निजामती सरह सुविधाको सुनिश्चितता गरी हाल कायम रहेको तह नघट्ने गरी समायोजन गरिनुपर्ने ।

– स्वास्थ्य सेवा ऐनको सेवा सुविधाको सुनिश्चितता हुनुपर्ने ।

Tags :
प्रतिक्रिया दिनुहोस