अबको तीन वर्षभित्रमा विद्यालयमा सो प्रविधिको विस्तार गरिने : मुख्यमन्त्री राई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अबको तीन वर्षभित्रमा विद्यालयमा सो प्रविधिको विस्तार गरिने : मुख्यमन्त्री राई


१ पुस २०७५, आइतबार


भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

आज हतुवगढी गाउँपालिका–९ हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रदेश नं १ का १०० विद्यालयमा सूचना प्रविधि सम्बन्धी शिक्षाको शुरुआत गर्ने र अबको तीन वर्षभित्रमा सबै विद्यालयमा सो प्रविधिको विस्तार गरिने मन्त्री राईले बताए ।

जिल्लाको स्वास्थ्य, शिक्षा, यातयातसँगै आर्थिक विकास गर्न सोहीअनुसारको योजना बनाएर प्रदेश सरकारले काम गर्ने उनको भनाइ थियो । दूधकोशी नदीको चुवारमा पक्की पुल नहुँदा स्थानीयवासीलाई सास्ती भएकाले प्राथमिकताका साथ काम अगाडि बढाएर निर्माण पूरा गरिने मन्त्री राईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस