श्रीमती र छोरी हत्याको आरोपमा भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीमती र छोरी हत्याको आरोपमा भारतीय नागरिक पक्राउ


१ पुस २०७५, आइतबार


पक्राउ

हेटौंडा । श्रीमती र छोरी हत्याको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९ नेवारपानीस्थित राप्ती खोलामा फालेर फरार भएको आंशकामा प्रहरीले भारत मोतिहारीका रमजान मिया दर्जीलाई पक्राउ गरेको हो ।

प्रहरीले गत मंसिर १८ मा राप्तीखोलामा बालिकाको शव भेटेको थियो । मंसिर २२ गते महिलाको शव पनि फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । महिलाको खल्तीमा केही टेलिफोन नम्बर देखिएपछि प्रहरी घटनाको नजिक पुगेको थियो ।

पारिवारिक विवादका कारण दर्जीले भारतबाट आएका आफ्नो भाइसँग मिलेर २५ वर्षीया श्रीमती लालमुन खातुनको हत्या गरेको र घटना खुल्ने डरले भाइको सहयोगमा १ वर्षकी छोरी रोषन खातुनको हत्या गरेको बताएका छन् ।

दर्जीलाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको हो । दर्जीका भाइ अरमान मियाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस