अध्यादेश विरुद्ध स्थानीय तहका कर्मचारीद्वारा ३ बुँदे मागसहित आन्दोलन घोषणा(विज्ञप्तिसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अध्यादेश विरुद्ध स्थानीय तहका कर्मचारीद्वारा ३ बुँदे मागसहित आन्दोलन घोषणा(विज्ञप्तिसहित)


प्रशासन विशेष ब्युरो

१ पुस २०७५, आइतबार


कर्मचारी समायोजन अध्यादेश

काठमाडौँ । स्थानीय तहका कर्मचारीहरूले ‘कर्मचारी समायोजन अध्यादेश,२०७५’को विरोधमा तीन बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाल नगरपालिका कर्मचारी एसोशियसन र नेपाल राष्ट्रिय कर्मचारी संगठन(स्थानीय तह)ले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

निजामती कर्मचारी र आफूहरूलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको ४ वटै सङ्गठनका अध्यक्षहरूले जानकारी दिए ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको कार्यक्रम अनुसार यही पुस १० गते काठमाडौँमा विरोध सभा आयोजना गर्ने र सोही सभामा थप सशक्त कार्यक्रम घोषणा गर्ने जानकारी दिइएको छ ।

यस्ता छन् माग

 

Tags :
प्रतिक्रिया दिनुहोस