विद्यालयलाई एक करोड सहयोग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्यालयलाई एक करोड सहयोग


१ पुस २०७५, आइतबार


गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ ।

विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद, भूमि र जिन्सी गरी कूल रु एक करोड सङ्कलन भएकोे महोत्सव प्रचारप्रसार संयोजक प्रकाश भट्टराईले जानकारी दिए ।

उक्त विद्यालय ६०औँ वर्षमा प्रवेश गरेको उपलक्षमा यसको सर्वाङ्गीण विकासका लागि यही मङ्सिर २२ देखि महोत्सव आयोजना गरिएको उनले बताए।

महोत्सवसंगै श्रीमद्भागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस