प्रधानन्यायाधीश चोलेन्द्रको संसदीय सुनुवाइ शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश चोलेन्द्रको संसदीय सुनुवाइ शुरु


१ पुस २०७५, आइतबार


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको संसदीय सुनुवाइ आजदेखि शुरु भएको छ । संसदीय सुनुवाइ समितिको बैठक आज ११ बजे बसेको छ ।

चोलेन्द्र शमशेर राणालाई गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदातको प्रधानन्याधीश पदमा सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतको दोस्रो वरीयतामा रहेका वरिष्ठ न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाइ समितिले अस्विकृत गरेपछि तेस्रो वरीयताका वरिष्ठ न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदैछन्। संवैधानिक परिषद्ले प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गरेका राणालाई संसदीय सुनुवाइ विशेष समितिले स्विकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस