आँखा शिविरबाट ७८१ जनाले सेवा लिए « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आँखा शिविरबाट ७८१ जनाले सेवा लिए


१ पुस २०७५, आइतबार


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् ।

धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले बताए । मोतिया बिन्दु भएका सबै जनाको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

शिविरबाट आँखा कम देख्ने ३३० जनालाई निःशुल्करुपमा चस्मासमेत उपलब्ध गराइएको थियो ।

शिविर सञ्चालन भएका क्षेत्रका दलित, जनजाति र विपन्न अवस्थाका आँखामा मोतिया बिन्दु भएका बिरामी अस्पतालमा आए शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीसँगै निःशुल्क शल्यक्रिया गरिने प्रबन्धक चन्दले बताए । आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका र जलबिन्दु भएका बिरामीसमेत शिविरमा फेला परेको उनले बताए । शिविरमा आँखा चेकजाँचका लागि पुगेका मधुमेय र उच्च रक्तचाप भएका अधिकांशमा आँखाको जटिल समस्या देखिएको छ ।

शिविरमा आँखा उपचारमा पुगेका बिरामीलाई औषधि र परामर्श पनि निःशुल्क प्रदान गरिएको छ । औषधि खरीद गर्न नगरपालिकाले रु ५५ हजारभन्दा बढी रकम उपलब्ध गराएको थियो । रासस

प्रतिक्रिया दिनुहोस