नगरक्षेत्रमा सौर्य बत्ती जडान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नगरक्षेत्रमा सौर्य बत्ती जडान


१ पुस २०७५, आइतबार


बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले सौर्यबत्ती जडान गरेको हो ।

आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म ६७ वटा सडक सौर्यबत्ती जडान गरिएका नगरपालिकाका इञ्जिनीयर जय सिंह बोहराले जानकारी दिए । सदरमुकाम क्षेत्रका बजारहरु गढी, गोठलापानी, शाहिलेकमा गत वर्ष नै सौर्यबत्ती जडान गरिएका थिए भने देहिमाडौँ बजार र त्रिपुरासुन्दरी क्षेत्रमा चालू आवमा सौर्य बत्ती जडानको काम भएको हो ।

दशरथचन्द नगरपालिकाले करीब रु ७० लाखको लगानीमा उक्त मात्रामा सडक सौर्य बत्ती जडान गरेको हो । विद्युत्भार कटौतीका समस्या नहुने र वैकल्पिक ऊर्जाका स्रोतहरुलाई प्रयोग गर्ने उद्देश्यका साथ नगरपालिकाले सडक सौर्यबत्ती जडान गरेको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताए ।

आगामी दिनहरुमा सडक सौर्यबत्ती जडान कार्य नगरक्षेत्रका अन्य ठाउँमा पनि जडान गरिने बताइएको छ । सडक सौर्यबत्ती जडानले नगरक्षेत्रका बासिन्दालाई निकै सुविधा भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस