मुक्तकमैया व्यवस्थापनका लागि मातहतका कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुक्तकमैया व्यवस्थापनका लागि मातहतका कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन


१ पुस २०७५, आइतबार


मालपोत

बाँके । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले मुक्तकमैया व्यवस्थापनका लागि आवश्यक सबै संयन्त्र प्रयोग गर्न निर्देशन दिएकी छन् । अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने बताउँदै मन्त्री अर्यालले मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनले भनिन्, “ शक्तिशाली आयोग गठन गरी एक वर्षभित्रमा मुक्तकमैयाको समस्या समाधान गर्छौं ।”

मन्त्री अर्यालले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने र खण्डीकृत जग्गालाई एकीकृत गरी भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताइन् । आगामी वर्षदेखि मुक्तकमैया पुनःस्थापनाको समस्या लिएर मन्त्रीसमक्ष आउनु पर्दैन भन्दै उनले मुक्त कमैयाको समस्यालाई पूर्णरुपमा समाधान गर्ने बताइन् ।

अहिलेसम्म बर्दियामा १० हजार ७९७ घरपरिवार मुक्तकमैयाले परिचयपत्र पाएका छन् । तीमध्ये १० हजार ७१४ घरपरिवार मुक्तकमैया पुनःस्थापित भएका छन् । पुनःस्थापित हुन नसकेका ८३ घरपरिवारमध्ये ७० घरपरिवार सम्पर्कमा नआएको र १३ घरपरिवार पुनःस्थापना हुने क्रममा रहेको भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस