स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने


प्रशासन विशेष ब्युरो

२९ मंसिर २०७५, शनिबार


समायोजन

काठमाडौँ । स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै अध्यादेशमा स्वैच्छिक अवकास सम्बन्धी कुनै पनि व्यवस्था नभएको हुँदा स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ३० ले कर्मचारी समायोजन ऐन, २०७४ लाई खारेज गरेको र उक्त अध्यादेशमा स्वैच्छिक अवकाश सम्बन्धी कुनै पनि व्यवस्था नभएको हुँदा अब आइन्दा स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहनु नपर्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

हेर्नुहोस् विज्ञप्ति

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस