सिरहामा १२ वर्षीय बालिकामाथि सामूहिक बलात्कार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिरहामा १२ वर्षीय बालिकामाथि सामूहिक बलात्कार


प्रशासन संवाददाता

२७ मंसिर २०७५, बिहिबार


बलात्कार

सिरहा– सिरहाको सुखिपुर नगरपालिका ६ खरहीटोलमा हिजो बुधबार वेलुकी एक बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

बुधबार वेलुका घरबारीमा पिसाव फेर्न निश्केकी १२ वर्षीय एक बालिकालाई २ जना युवाहरुले मुख थुनेर नजिकैको खेतमा लगेर सामुहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

छोरी निकै बेरसम्म नखाएपछि खोज तलास गर्दा खेतमा भेटिएको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । छोरी चिच्याएपछि बलात्कारमा संलग्न दुवैजना भागेको अभिभावकको भनाई रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवैजना युवाहरु गाउँकै भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा असर पर्ने भन्दै पीडकहरुको नाम सार्वजनिक गर्न नसकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले बताए । पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय सिरहामा स्वास्थ्य परीक्षण भइसकेको पनि प्रहरीले बताए । प्रहरीका अनुसार फरार दुवै युवकहरुको खोजी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस