कारबाहीका दश लडाकू मारिए, १२ पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कारबाहीका दश लडाकू मारिए, १२ पक्राउ


प्रशासन संवाददाता

२७ मंसिर २०७५, बिहिबार


घाज्नी, अफगानिस्तान । अफगानिस्स्तानको सरकारी सुरक्षाफौजले लडाकू विमानको सहयोगमा गरेको कारबाहीका क्रममा १० जना तालिबान लडाकू मारिनुको साथै १२ जना पक्राउ परेका छन् ।

अफगानिस्तानको पूर्वीभागमा पर्ने घाज्नी प्रान्तको काराबाह जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो कारबाही गरिएको अफगान सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कारबाहीमा तालिबान समूहका कुख्यात कमान्डर अब्दुल अहमद पनि मारिएको विज्ञप्तिमा जनाइएको छ ।

करिब १७ वर्षदेखि अफगान सरकारसँग युद्ध जारी राखेका तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस