सामान्य अङ्कले बढ्यो शेयर बजार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सामान्य अङ्कले बढ्यो शेयर बजार


प्रशासन संवाददाता

२७ मंसिर २०७५, बिहिबार


काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव ६ बिन्दुले बढेर १ हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ६४ बिन्दुले बढेर २४४ दशमलव ७० बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १५४ कम्पनीको ९ लाख ९७ हजार ६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज ३ उपसमूहको शेयर घटेका छन् भने ७ उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल एक दशमलव ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह २ दशमलव ५७ बिन्दुले घटेको छ ।

बैंकिङ ८ दशमलव ५५, विकास बैंक ८ दशमलव ८७, जलविद्युत् ८ दशमलव ८, निर्जीवन बीमा ६५ दशमलव ७८, उत्पादन ५ दशमलव ३८, लघुवित्त ११ दशमलव ६१ र जीवन बीमा ३० दशमलव २७ बिन्दुले बढेको छ । साताको कारोवार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका शेयरधनीले कमाएका छन् ।

सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस