‘ए’ डिभिजन लिग फुटबल : सरस्वतीद्वारा १–० गोलअन्तरले एनआरटी पराजित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

‘ए’ डिभिजन लिग फुटबल : सरस्वतीद्वारा १–० गोलअन्तरले एनआरटी पराजित


प्रशासन संवाददाता

२७ मंसिर २०७५, बिहिबार


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै  विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल गर्‍यो ।

खेलको ७३ औँ मिनेटमा सरस्वतीका भिक्टोर एमओबीले पेनाल्टीमार्फत विजयी गोल गर्दै सरस्वतीलाई शीर्ष तीन अङ्क दिलाए । खेलको ७२ औँ मिनेटमा एनआरटीका खेलाडीले ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भए ।

जारी लिगमा तेस्रो जित दर्ता गराएको सरस्वती नौ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । त्यस्तै लगातार सातौँ हार ब्योहोरेको एनआरटी एक अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

त्यसैगरी मनाङले शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा छ भने थ्रीस्टार दोस्रो तथा सङ्कटा तेस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस