चलचित्र ‘गोपी’को पोस्टर सार्वजनिक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चलचित्र ‘गोपी’को पोस्टर सार्वजनिक


प्रशासन संवाददाता

२६ मंसिर २०७५, बुधबार


काठमाडौं । विपिन कार्कीको अभिनय रहेको पछिल्लो चलचित्र ‘गोपी’को पोस्टर सार्वजनिक भएको छ।

निर्माण युनिटले बुधबार चलचित्रको ४ पोस्टर सार्वजनिक गरेको हुन्। टौवा क्रियसनका विजय बस्यालले तयार पारेको ४ पोस्टरमा नै चलचित्रका मुख्य कलाकार विपिन कार्की फिचरिङ छन्। विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन्। चलचित्र आगामी माघ १८ मा रिलिज हुने तय भइसकेको छ ।

पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई पनि प्राथमिकता दिइएको छ। ४ पोस्टरमा १ पोस्टरमा मात्र चलचित्रका २ नायिका वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ। दीपेन्द्र लामा निर्देशित चलचित्रमा आरोही केसीको लगानी रहेको छ।

आरोही इन्टरटेनमेन्टुको ब्यानरमा बनेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। निर्देशक लामाकै कथा समावेश चलचित्रमा सामिप्यराज तिमल्सेनाको पटकथा रहेको छ। चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतको पनि अभिनय रहेको छ।

न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको चलचित्रमा पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ। शैलेन्द्र डि कार्कीले खिचेको यस चलचित्रलाई निमेष श्रेष्ठले भन् सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस