उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा


२६ मंसिर २०७५, बुधबार


धनुषा । भारत, उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुरधाम पुगेका छन् ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन उनी बिहान जनकपुर विमानस्थलमा अवतरण गरेका थिए । भिटी यूपीरे कलसाइनको निजी विमानबाट उनी जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् । आदित्यनाथलाई विमानस्थलमा सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित प्रदेश नं २ का मुख्यमन्त्री मो लालबाबु राउतलगायत सभामुख सरोज यादव र भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले विमानस्थलमा स्वागत गरेका थिए ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आजै जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका छन् ।

मुख्यमन्त्री योगीसहितको जन्तीलाई सङ्घीय सरकारका संस्कृतिमन्त्री अधिकारी र प्रदेश नं २ का मुख्यमन्त्री राउतलगायत प्रदेशका मन्त्रीले स्वागत गरेका थिए । मुख्यमन्त्री योगी विमानस्थलबाट सीधै जानकी मन्दिर पुगेका थिए । उनले त्यहाँ जानकीको सामान्य पूजा गरेर मन्दिर परिक्रमासमेत गरेका थिए ।

आज अपराह्न २ बजे प्रदेश नं २ का मुख्यमन्त्री राउत र मुख्यमन्त्री योगीले रङ्गभूमि मैदान बाह्रबिघामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । योगी आज अपराह्न ४ बजे फर्कने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस