वाइडबडी खरिद प्रक्रिया छानबिन गर्न ७ सदस्यीय उपसमिति गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वाइडबडी खरिद प्रक्रिया छानबिन गर्न ७ सदस्यीय उपसमिति गठन


२६ मंसिर २०७५, बुधबार


काठमाडौं । वाइडबडी खरिद प्रक्रिया छानबिन गर्न  ७ सदस्यीय उपसमिति गठन गरिएको छ ।

संसदको लेखा समितिले सांसद राजन केसीको नेतृत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिमा प्रेम आले, कृष्णलाल महर्जन, प्रदीव यादव, चन्दा चौधरी, धर्मशीला चापागाईं र मीना सुब्बा रहेका छन् ।

१५ दिन भित्र उपसमितिले वाइडबडी खरिद सम्बन्धमा उठेका विषयसहितको प्रतिवेदन तयार पारेर समितिलाई बुझाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस