स्थानीय तह एम्बुलेन्सविहीन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय तह एम्बुलेन्सविहीन


२६ मंसिर २०७५, बुधबार


बाँके । बाँकेका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । नरैनापुर गाउँपालिकाले केही महीनाअघि एउटा एम्बुलेन्स खरीद गरेको छ ।

सडक अभावका कारण सो एम्बुलेन्स नियमित रुपमा सञ्चालनमा आउन सकेको छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन तथा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा शहरी क्षेत्रमा लैजानुपर्ने बाध्यता रहेपनि एम्बुलेन्सको अभावले झन मारमा परेका छन् ।

जिल्लामा उपलब्ध एम्बुलेन्स चालकले सुविधा नदिने र सेवाका नाममा बिरामीलाई आफू अनुकूलका अस्पतालमा पु¥याएर कमिशन खाने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सो विषयमा उदासिन छ । एम्बुलेन्स चालकलाई निगरानी गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याइने जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले बताए । जिल्ला एम्बुलेन्स सञ्चालक समितिले मापदण्ड पूरा गरेका ११ एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमतिपत्र दिएको छ । जिल्लामा ३९ एम्बुलेन्स र तीन शववाहन सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस