संवैधानिक परिषद्को बैठक ९ बजे बस्दै, सम्भवतः प्रधान न्यायाधीसको टुंगो आजै लाग्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संवैधानिक परिषद्को बैठक ९ बजे बस्दै, सम्भवतः प्रधान न्यायाधीसको टुंगो आजै लाग्ने


प्रशासन विशेष ब्युरो

२६ मंसिर २०७५, बुधबार


सह सचिव

काठमाडौँ । संवैधानिक परिषदको बैठक तेस्रो पटक बस्दैछ ।

भावी प्रधानन्यायाधीस नियुक्तिका लागि सिफारिस गर्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले ९ बजे बैठक बस्न लागेको उच्च स्रोतले प्रशासनलाई बतायो ।

‘सम्भवत आजको बैठकबाट प्रधानन्यायाधीस सिफारिस हुन सक्छ’–उच्च स्रोतले भन्यो ।

यसअघि मंसिर १७ गते बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि २२ गते बोलाइएको थियो । २२ गते शनिबार परेकोले पुनः मंगलबार साँझ ५ बजे बसेको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमशेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले संवैधानिक परिषदमा पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस