बाँसबारीमा बेहोस नपारी ट्युमर निकाल्न नेपाली चिकित्सक सफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाँसबारीमा बेहोस नपारी ट्युमर निकाल्न नेपाली चिकित्सक सफल


प्रशासन संवाददाता

२५ मंसिर २०७५, मंगलबार


काठमाडौं । मिर्गी रोग (छारे रोग) भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न नेपाली चिकित्सक सफल भएका छन् ।

बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी उनको पहिलोपटक मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नसारोग विज्ञेषज्ञ डा.प्रत्युश श्रेष्ठ, डा.सुरेश विक, डा.भुषणकालु श्रेष्ठ, डा.शिखा श्रेष्ठ, डा.सुरज थुलुङ, डा.सुरेश सापकोटा, डा.सुमन रिजाल र डा.लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस