लोक सेवा आयोगको पाठ्यक्रम परिमार्जन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोगको पाठ्यक्रम परिमार्जन


प्रशासन विशेष ब्युरो

२५ मंसिर २०७५, मंगलबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगको पाठ्यक्रम र परीक्षा योजना परिमार्जन भएको छ ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी(अधिकृतस्तर)को पाठ्यक्रम र परीक्षा योजना परिमार्जन गरेको हो ।

न्याय सेवातर्फ शाखा अधिकृतको प्रथम चरणको परीक्षा अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण हटाइएको छ । यससँगै अव प्रथम चरणको परीक्षा न्याय सेवालाई नहुने भएको हो । कानुन विषयमा स्नातक उतिर्ण आवेदकहरूको सङ्ख्या थोरै सङ्ख्यामा मात्रै हुने देखिएकोले पथम चरणको परीक्षा पाठ्यक्रमबाटै हटाइएको आयोगले जनाएको छ ।

यससंगै द्वितीय, तृतीय र चतुर्थ पत्रलाई पहिलो, दोस्रो र तेस्रो पत्र बनाएर परीक्षा योजना परिमार्जन गरिएको आयोगका उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुवेदीले प्रशासनलाई जानकारी दिए ।

त्यसैगरी एकीकृत परीक्षा हुने शाखा अधिकृतका अन्य अप्राविधिक सेवाहरूको लागि प्रथम चरणको परीक्षा यथावत् राखिएको छ । तर ऐच्छिक विषय रहेको चौथो पत्र हाललाई हटाइएको छ ।

भोलि बुधवार हुने विज्ञापनमध्ये राजपत्रांकित तृतीय श्रेणीको लेखा परीक्षण र व्यवस्थापिका संसद्का लागि माथि उल्लेख गरिएअनुशारसको परिमार्जित पाठ्यक्रम आयोगको वेबसाइटमा सार्वजनिक भइसकेको छ ।

‘लेखा परीक्षण र व्यवस्थापिका संसद्को लागि चौथो पत्र हटाईको छ र न्याय सेवाको लागि पहिलो पत्र हटाइएको छ’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भने ।

प्रतिक्रिया दिनुहोस