भोली लोक सेवाको विज्ञापन हुनेः शाखा अधिकृत, उपसचिव र सहसचिव गरी ३ सय बढी माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भोली लोक सेवाको विज्ञापन हुनेः शाखा अधिकृत, उपसचिव र सहसचिव गरी ३ सय बढी माग


प्रशासन विशेष ब्युरो

२५ मंसिर २०७५, मंगलबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले भोली बुधबार विज्ञापन प्रकाशन गर्ने भएको छ ।

संघमा रहने खालका सेवाका सबैतहका विज्ञापन भोली प्रकाशन हुँदैछ लोकसेवा स्रोतले प्रशासनलाई भन्यो– ‘प्रशासन, स्वास्थ्य र प्राविधिकको आएन ।’

तीनवटै सेवाबाट गरी अधिकृत, उपसचिव र सहसचिवका लागि करीब ३ सयको संख्यामा विज्ञापन खुल्दै छ ।

न्याय सेवा (न्याय समूह, कानून समूह र सरकारी वकिल समूह), लेखा परीक्षण सेवा र व्यवस्थापीका संसद सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिवको तीनै तहको विज्ञापन हुने लोक सेवा आयोगका उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुबेदीले बताए ।

लोक सेवा आयोगले विज्ञापन गर्ने भएसँगै कर्मचारी समायोजनका कारण लोक सेवाको नियमित सेड्यूल नै रोकिने हो कि भन्ने आशंकामा व्यक्ति गरिरहेका लोक सेवाको तयारीमा बसेका हजारौँ यूवायुवतिहरुले राहतको श्वास फेर्ने भएका छन् ।

र यो पनि,

लोक सेवाले अधिकृतदेखि सहसचिवसम्म विज्ञापन खोल्यो(विज्ञापनसहित)

Tags :
प्रतिक्रिया दिनुहोस