कर्मचारी समायोजन प्रक्रिया शुरुः १० दिनभित्र कर्मचारी विवरण पठाउन स्थानीय तहलाई परिपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी समायोजन प्रक्रिया शुरुः १० दिनभित्र कर्मचारी विवरण पठाउन स्थानीय तहलाई परिपत्र


प्रशासन विशेष ब्युरो

२५ मंसिर २०७५, मंगलबार


समायोजन

काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश २०७५ अनुशार संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारीहरुको समायोजन प्रक्रिया औपचारिकरुपमा शुरुवात् गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० दिन भित्र कर्मचारीको विवरण पठाउन परिपत्र गरेको छ ।

कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोमि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने कार्य प्रारम्भ भई सकेको जानकारीसहित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई परिपत्र गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘अध्यादेशको दफा ६ को उपदफा (४) बमोजिम साबिक स्थानीय निकायबाट स्थायी नियुक्ति पाई बहाल रहेका कर्मचारीलाई आफ्नो कार्यपालिकाबाट निर्णय गराई सम्बन्धित कर्मचारीहरूलाई निजहरूको स्थायी नियुक्ति पत्रका सक्कल प्रति रुजु गरी १० दिनभित्र समायोजनको पत्र दिर्य सोको जानकारी मन्त्रालयलाई दिने सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई परिपत्र गरिसकिएको र त्यसरी समायोजन भएर बाँकी रहेका स्थानीय तहको रिक्त दरबन्दीमा सरकारी सेवाबाट कर्मचारीहरूलाई समायोजन गरिने हुँदा १० दिन भित्र सो काम सम्पन्न गरी विवरण यस मन्त्रालयमा पठाइदिनुहुन सबै स्थानीय तहलाई अनुरोध छ ।’

हेर्नुहोस् विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस