एक दिने निःशुल्क स्वास्थ्य शिविर सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एक दिने निःशुल्क स्वास्थ्य शिविर सुरु


२५ मंसिर २०७५, मंगलबार


डोटी । बडिकेदार गाउँपालिकामा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

शिविरमा बडिकेदार गाउँपालिकाका करिब एक हजार सेवाग्राहीहरुले सेवा लिन सक्ने अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पाण्डेले बताएका छन् ।

आयुर्वेदिक स्वास्थ्य शिविरमा सेती अञ्चल आयुर्वेदका प्रमुख खगेन्द्र बम र सामाजिक विकास मन्त्रालयमा कार्यरत डा. चेतराज जोशीले उपचार गर्ने पाण्डेले बताए ।

शिविरको आज एक कार्यक्रमकाबीच डोटी जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य भरत बहादुर खड्काले उद्घाटन गरेका छन् । कार्यक्रममा बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्द तथा वडा अध्यक्ष लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बडिकेदार गाउँपालिका अन्तर्गतको लाना आयुर्वेदिक औषधालयले सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस