शेयर बजार : दोहोरो अङ्कले वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शेयर बजार : दोहोरो अङ्कले वृद्धि


प्रशासन संवाददाता

२४ मंसिर २०७५, सोमबार


काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि भई २४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूहमध्ये दुई उपसमूहका शेयर भने घटेका छन् । यस्तै आठ उपसमूहको शेयर भने बढेको छ । उत्पादन २ दशमलव ५१ र अन्य २ दशमलव ७९ बिन्दुले घटेको छ । बैंकिङ १३ दशमलव ४३, होटल २३ दशमलव ८७, विकास बैंक १८ दशमलब ८, जलविद्युत् ५ दशमलव एक, वित्त चार दशमलव चार, निर्जीवन बीमा ७२ दशमलव शून्य ५, लघुवित्त १८ दशमलव शून्य आठ र जीवन बीमा ९८ दशमलव ६९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार रैराङ हाइड्रो पावर कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी इक्विटी फण्ड, हिमालयन डिस्टिलरी, नागबेली लघुवित्त विकास बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका शेयरधनीले गुमाएका छन् ।

यसैबीच शेयर बजारमा सुधारको माग राख्दै रिले अनशनमा बसेका लगानीकर्ताको अनशन आज पनि जारी रह्यो । स्टकको कार्यालय अगाडि बजार सुधारका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने भन्दै उनीहरुले आइतबारदेखि रिले अनशन शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस