नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने : मुख्यमन्त्री पोखरेल


प्रशासन संवाददाता

२४ मंसिर २०७५, सोमबार


Shankar pokhrel

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना शन्देश दिँदै उनले मुलुकमा ३ तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका मौलिक हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धनलाई जोड दिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने अवसर अगाडि आएको छ । ‘उनले भने, ‘समृद्धिमार्फत नागरिकको मुहारमा खुशी ल्याउन सके व्यवहारिक रुपमै मानवअधिकार स्थापित हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस