हड्तालका कारण जर्मन रेलसेवा अबरुद्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हड्तालका कारण जर्मन रेलसेवा अबरुद्ध


२४ मंसिर २०७५, सोमबार


फ्रान्कफर्ट । जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ ।

डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा रद्द गरिएको छ ।

हड्तालका कारण उच्च गतिको रेलसेवाका साथै एक सहरबाट अर्को सहर जोड्ने अन्य छोटो दूरीको रेलसेवा पनि अबरुद्ध भएको डच बाहनको वक्तव्यमा उल्लेख छ । दक्षिणी राज्य बाभारियाका सबै रेलसेवा रद्द गरिएका छन् ।

डच बाहन र मजदूर युनियनबीच रेल मजदूरको तलबमा ७ दशमलब ५ प्रतिशत वृद्धि गर्ने मागमा सहमति हुन नसकेपछि मजदूरहरु हड्तालमा उत्रिएका हुन् । जर्मनीको सबैभन्दा ठूलो रेल कम्पनी डच बाहनमा हाल एक लाख ६० हजार कामदार छन् ।

जर्मन समाचार संस्था डीपीएका अनुसार डच बाहनले मजदूर युनियनका नेताहरुलाई पुनः वार्ताका लागि आमन्त्रण गरिसकेको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस