चारै राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चारै राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन


प्रशासन विशेष ब्युरो

२३ मंसिर २०७५, आइतबार


राजदूत

काठमाडौँ । सरकारले चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

आइतबार बसेको समितिको बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालको नाम समिति बैठकबाट सर्वसम्मत अनुमोदन भएको हो ।

आइतबारको सुनुवाइ समिति बैठकमा प्रस्तावित चारैजना राजदूतको सुनुवाइ भएसँगै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस