प्रजातन्त्रका सेनानी साउदेनको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रजातन्त्रका सेनानी साउदेनको निधन


२३ मंसिर २०७५, आइतबार


इलाम । नेपाली कांग्रेसका पाका नेता तथा प्रजातन्त्रका सेनानी चक्रबहादुर साउदेनको निधन भएको छ । साउदेनको गए राति ८० वर्षको उमेरमा निधन भएको हो ।

लामो समय राजनीतिमा रहेर समाजसेवामा सक्रिय रहेका सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी इलाम जिल्लाका पूर्वउपसभापतिसमेत हुन् ।

१९९५ सालमा जन्मिएका साउदेन पछिल्लो समय विरामीले थलिएर घरैमा विश्राम लिइरहेका थिए ।

इलामको विकासका निम्ति योगदान गरेका साउदेन २०४९ सालमा जिल्ला उपसभापति भएका थिए । उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सुलुबुङ गाविसका अध्यक्ष समेत भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस