काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न एक समिति बनाएको छ।
शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले आन्तरिक समिति बनाएको हो । यससँगै उनलाई सत्य तथ्य बुझ्न काठमाडौं बोलाएको छ ।
शेर्पामाथि उनका पूर्वचालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अस्ट्रेलिया ल्याएको आरोप लगाएका छन् ।
कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याउँदा मोटो रकम असुलेको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका वाड्चुको आरोप छ।