निर्मलाको हत्यारा नियन्त्रणमा छ, छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्मलाको हत्यारा नियन्त्रणमा छ, छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल


२३ मंसिर २०७५, आइतबार


काठमाडौं । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् ।

‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्मलाका हत्यारा पत्ता लागिसकेको बताएका हुन् । उनले भने, ‘हत्यारा नियन्त्रणमा छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।’

उनले निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस