वनजङ्गल सहकारिताका लागि दक्षिण कोरियाली अधिकारीहरू प्योङ्गयाङमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वनजङ्गल सहकारिताका लागि दक्षिण कोरियाली अधिकारीहरू प्योङ्गयाङमा


२१ मंसिर २०७५, शुक्रबार


सोल । दक्षिण कोरियाली सरकारका विज्ञहरूको एक समूह उत्तर कोरियाको राजधानी प्योङ्गयाङ भ्रमणमा जाने भएका छन् । २ कोरियाको वनजङ्गल सहकारिताको दक्षिण कोरियाली सरकारको एक समूह त्यहाँ पुग्न लागेका सोलस्थित एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।

वनजङ्गलसम्बन्धी दशजना विज्ञको एक प्रतिनिधिमण्डल तीनदिने भ्रमणका क्रममा आगामी ११ डिसेम्बरमा प्योङ्गयाङ पुग्न लागेको समाचारमा जनाइएको छ ।

२ कोरियाबीच गत अक्टोबरमा भएको सम्झौताअनुसार २ कोरियाबीचको यो सहकार्य शुरु हुन लागेको बताइएको छ ।

प्योङ्गयाङ जान लागेका यी दक्षिण कोरियाली प्रतिनिधिमण्डलले उत्तर कोरियामा बृक्षारोपणसमेत गर्ने बताइएको छ ।

दक्षिणी कोरियाली यी प्रतिनिधिमण्डलले उत्तर कोरियाका आफ्ना समकक्षीसँग कार्यप्रणाली स्तरको वार्ता गर्ने बताइएको छ ।

वार्ताका क्रममा जङ्गलमा लाग्ने रोगबाट कसरी बचाउने विषयमा छलफल हुने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस