अष्ट्रेलियाविरुद्धको खेलमा भारत २५० रनमै अलआउट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अष्ट्रेलियाविरुद्धको खेलमा भारत २५० रनमै अलआउट


२१ मंसिर २०७५, शुक्रबार


काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा भारतले खराब प्रदर्शन गर्दै आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २५० रन बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ९ विकेटको क्षतिमा २५० रन बनाएको थियो । दोस्रो दिन भारतले विना रन अन्तिम विकेट गुमाएपछि २५० रनमा अलआउट भएको हो ।

घरेलु टोली अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्स थालेको छ । अष्ट्रेलियाका लागि जोस हज्लेवोडले तीन विकेट र मिचेल स्टार्क, पट कुमिन्स र नाथन लियोनले समान २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस