धर्म रूपान्तरण कार्यक्रम गरेको अभियोगमा त्रिवि वातावरण संकाय प्रमुख डा. मास्के प्रहरी नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धर्म रूपान्तरण कार्यक्रम गरेको अभियोगमा त्रिवि वातावरण संकाय प्रमुख डा. मास्के प्रहरी नियन्त्रणमा


प्रशासन विशेष ब्युरो

२० मंसिर २०७५, बिहिबार


धर्म रूपान्तरण

काठमाडौँ । धर्म रूपान्तरण कार्यक्रम गरेको अभियोगमा त्रिभुवन विश्वविद्यालय वातावरण तथा विज्ञान संकाय प्रमुख प्रोफेसर डा. रोजिना मास्के प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिभुवन विश्वविद्यालयको हाताभित्रैबाट पक्राउ गरेकी उनलाई किर्तिपुर प्रहरी चौकीमा राखिएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको सरसफाइ कार्यक्रमको निहुँमा धर्मको प्रचार गर्न खोजिएको भन्दै वातावरण तथा विज्ञान संकाय विद्यार्थीहरूले गरेको विवादले उग्ररुप लिएपछि मास्केलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा ल्याइएको अधिकारीले प्रशासनलाई बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय वातावरण तथा विज्ञान संकायले अडिटोरियम हलमा गरेको धर्म रूपान्तरण सम्बन्धी प्रवचन कार्यक्रम नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टी नजिकका विद्यार्थीहरूले बिथोलेपछि तनावको अवस्था सिर्जना भएको थियो ।

त्रिविको हातामा धार्मिक कार्यक्रम गर्न नपाइने भन्दै कार्यक्रम हस्तक्षेप गरेको विद्यार्थी नेताहरूले बताएका छन् ।

विवाद समाधानका लागि विद्यार्थी नेता र विश्वविद्यालयका पदाधिकारीहरूबिच हाताभित्रै छलफल भएको थियो तर विवाद थप चर्किँदै गएपछि मास्केलाई प्रहरीले वृत्तमा ल्याएको थियो । यससँगै केही विद्यार्थी नेताहरू, त्रिविका पदाधिकारीहरूबिच छलफल भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस