सरकारले सूचना लुकाएको छैन : मन्त्री बाँस्कोटा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारले सूचना लुकाएको छैन : मन्त्री बाँस्कोटा


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता (फोर जी)को विस्तार एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विधि र प्रक्रिया पुर्‍याएर सरकारले फोर जी विस्तार कार्य शुरु गर्न लागेको छ ।’

‘अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्षभित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने ।

उनले सरकारले सूचना नलुकाएको बरु सञ्चारमाध्यमले सरकारका राम्रा कामलाई बङ्ग्याई सार्वजनिक गरेको चर्चा गर्दै सञ्चारमाध्यमप्रति सरकारको कुनै गुनासो नरहेको धारणा व्यक्त गरे।

संसद्को हिउँदे अधिवेशन आह्वानको तयारी भइराखेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नयाँ संसद् भवन निर्माण गर्न नक्शाङ्कन कार्य पूरा भएको छ भने।

मन्त्री बाँस्कोटाले युनिभर्सल पिस फेडेरेशनद्वारा विगतमा पनि सम्मेलन आयोजना भएको र त्यसमा तत्कालीन नेता सहभागी भएको उदाहरण दिँदै सम्मेलनमा सहभागिता जनाउनु गलत कार्य नभएको प्रष्ट पारे ।

उनले भने, ‘निर्मला हत्याका अपराधी उम्किन सक्दैन, हत्यारा पहिचानको खोजीकार्य प्राथमिकताका साथ भइराखेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस