नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले काठमाडौं महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बसमा आउँदै गरेका काठमाडौँ बौद्धका २० वर्षीय सान्जे शेर्पालाई आज पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका शेर्पासँग ९३ एम्पुल डाइजेल्याव, ९१ एम्पुल फेनार्गन र ९० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ शेर्पालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस