सामान्य अङ्कले बढ्यो शेयर बजार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामान्य अङ्कले बढ्यो शेयर बजार


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


काठमाडौं । बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ बिन्दुले घटेको छ ।

सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर रु ३७ करोड नौ लाख ७१ हजार ९३६ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको अन्तिम दिन आज २ उपसमूहको मात्रै शेयर घटेको छ । जलविद्युत् ९ दशमलव ८१ र उत्पादन २ दशमलव ६२ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ २ दशमलव ५५, होटल शून्य दशमलव ६५, विकास बैंक तीन दशमलव ३१, वित्त शून्य दशमलव ७९, निर्जीवन बीमा ३५ दशमलव ५९, अन्य शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४ र जीवन बीमा ४४ दशमलव शून्य सात बिन्दुले घटेको छ । सामान्य बढेको बजारमा आइएमइ जनरल इस्योरेन्स, अपि पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाइटेड मोदी हाइड्रो पावर, काबेली विकास बैंक, रैराङ हाइड्रो पावर कम्पनी, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस