उपकुलपति खनियाँको कार्यकक्षमा नेविसंघले लगाएको ताला अझै खुलेन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपकुलपति खनियाँको कार्यकक्षमा नेविसंघले लगाएको ताला अझै खुलेन


२० मंसिर २०७५, बिहिबार


काठमाडौं । नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको कार्य कक्षमा ताला लगाएको छ ।

नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मापदण्ड नै नपुगेका आंगिक, सामुदायिक र निजी क्याम्पसलाई त्रिविले दिएको सम्बन्धन फिर्ता लिन माग गर्दै ताला लगाएको हो ।

नेविसंघको त्रिवि इकाइले उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुखको कार्यकक्षमा ताला लगाएको छ ।

त्रिविले केही समयअघि बिसिएलगायत विभिन्न विषय पढाउने गरी एक सय १६ क्याम्पसलाई सम्बन्धन दिएको थियो।

नेविसंघ त्रिवि इकाइकाअनुसार मंसिर १६ गते आइतबार त्रिविमा ताला लगाइएको र सम्बन्धन फिर्ता नलिएसम्म ताला नखोल्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस