नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया ८.१’ : इन्टर्नल स्टोरेजलाई ४ सय जिबीसम्म बढाउन सकिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया ८.१’ : इन्टर्नल स्टोरेजलाई ४ सय जिबीसम्म बढाउन सकिने


२० मंसिर २०७५, बिहिबार


काठमाडौं । नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक भएको छ । एचएमडी ग्लोबल कम्पनीले नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा नोकिया ८.१ सर्माटफोन लञ्च गरेको छ ।

दुबईमा आयोजित एक कार्यक्रमा यो स्मार्टफोनको लञ्च गरिएको हो । यसमा ४ जिबीको र्याम र २० मेगापिक्सलको सेल्फी क्यामेरा हुने छ । यसको ब्याट्री पनि उच्च क्षमताको रहेको जनाइएको छ ।

डुअल सिमकार्डयुक्त यो फोन एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टमबाट चल्छ । नोकिया ८.१ मा ६.१८ इन्चको फूल एचडी प्लस डिस्प्ले रहेको छ । यसको एस्पेक्ट रेसियो १८ः७ः९ र स्क्रिन टू बडी रेसियो ८६.५ प्रतिशत रहेको छ । यसमा ६४ जिबी इन्टर्नल स्टोरेजलाई माइक्रो एसडी कार्डमार्फत ४ सय जिबीसम्म बढाउन सकिन्छ ।

यो स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप रहेको छ । कार्ल जाइस अप्टिक्सयुक्त रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको प्राइमरी क्यामरा छ भने अर्को १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा । १२ मेगापिक्सेलको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन, इलेक्ट्रोनिक इमेज स्टाबिलाइजेसन र डुअल एलइडी फ्लास जस्ता फिचर रहेका छन् । १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा फिक्स्ड फोकस लेन्सयुक्त रहेको छ ।

यो स्मार्टफोनमा बोथी फिचर रहेको छ । जसका माध्यमबाट एकसाथ अगाडि र पछाडिको क्यामराबाट फोटो खिच्न सकिन्छ । नोकिया ८.१ मा युएसबी टाइप सी पोर्टका साथै ३.५ एमएमको हेडफोन ज्याक पनि रहेको छ। यसमा ३५ सय एमएमएचको ब्याट्री छ । यसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ । यसले दुई दिनको ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ ।

यो स्मार्टफोनको वजन १७८ ग्राम रहेको छ । यसको १५४.८ मिलिमिटर लम्बाइ, ७५.७६ मिमि चौडाई र ७.९७ मिलिमिटर मोटाई रहेको छ । लञ्च गरिएको मोबाइलको मूल्य ५१ हजार नेपाली रुपैयाँभन्दा बढी रहेको बताइएको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस