स्वयंसेविकालाई छाता र जुत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वयंसेविकालाई छाता र जुत्ता


२० मंसिर २०७५, बिहिबार


भक्तपुर । सूर्यविनायक नगरपालिकाले अवकाशप्राप्त महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध हुने सुविधामा शतप्रतिशत रकम थप गरी वितरण गरेको छ ।

पन्ध्रौँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बुधबार आयोजित स्वयंसेविका सम्मान कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले अवकाश प्राप्त महिला स्वयंसेविकाका लागि केन्द्रीय सरकारले प्रतिव्यक्ति २० हजारका दरले रकम उपलब्ध गराएकामा नगरपालिकाका तर्फबाट पनि प्रतिव्यक्ति २० हजार थप गरी वितरण गरेको हो ।

मागअनुसार नगरप्रमुख थापाले यसै वर्षदेखि स्वयंसेविकालाई छाता र एकजोर जुत्तासमेत वितरण गरिने घोषणा समेत गरे । कार्यक्रममा नगरपालिकामा उत्कृष्ट काम गर्ने आठ स्वयंसेविकालाई सम्मान गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस