‘क्लाइमाण्डु’ प्रतियोगिता हुने (फोटो फिचर) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘क्लाइमाण्डु’ प्रतियोगिता हुने (फोटो फिचर)


१९ मंसिर २०७५, बुधबार


काठमाडौं । नेपालको सबभन्दा ठूला क्लाइमिङ (पहरा चढ्ने) प्रतियोगिताको पाँचौ संस्करण ‘क्लाइमाण्डु’ यही मङ्सिर २९ गतेदेखि हुने भएको छ ।

एस्ट्रेक क्लाइमिङको आयोजनामा हुन गइरहेको प्रतियोगिता क्लाइमिङ खेल प्रोत्साहन गर्नका लागि आयोजना गरिएको महाप्रबन्धक नीरज कार्कीले बताए । २ दिनसम्म चल्ने प्रतियोगितामा ३० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा माथि पुग्ने (लिड) सबभन्दा चाँडो माथि पुग्ने (स्पीड) र छोटो तथा अप्ठ्यारो चढ्ने (बोल्टरिङ) गरी तीन विधामा खेलाइनेछ ।

नेपालमा सन् २०१२ देखि नेपाल पर्वतारोहण प्रतिष्ठानको आयोजनामा पहिलोपटक क्लाइमिङ प्रतियोगिता शुरु गरिएको थियो । त्यसपछि एस्ट्रेकले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । प्रतियोगितामा खेलाडीले १५ मिटरको अग्लो पहरा चढ्ने छन् । एस्ट्रेकका महाप्रबन्धक कार्कीले नेपालमा क्याइमिङ खेलको आकर्षण बढ्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस