नारायण गोपालको २८औँ स्मृति दिवस मनाइयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नारायण गोपालको २८औँ स्मृति दिवस मनाइयो


१९ मंसिर २०७५, बुधबार


काठमाडौं । स्वरसम्राट नारायणगोपालको सम्झनामा आज २८औँ स्मृति दिवस मनाइएको छ ।

नारायण गोपाल संगीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उनले यस धर्तीबाट बिदा लिएर गएका थिए । स्वरसम्राट नारायण गोपालको घरको प्राङ्गणमा भएको सभामा पुराना गायकलगायत नयाँ पुस्ताका युवाको बाक्लो उपस्थिति रहेको थियो ।

रचनाकार तथा कलाकार नीर शाहले नारायण गोपाल साङ्गीतिकरुपमा निकै संघर्षशील रहेका चर्चा गरे । शाहले नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेको बताउँदै खेलकूदमा अनुशासन र संघीत गहन अध्ययन आवश्यक रहेको औँल्याए ।

उक्त अवसरमा स्मृति कोषले नारायण गोपालसँगै रहेर काम गर्ने गीतकार दिनेश अधिकारी, गीतकार डा दीर्घसिंह बम, कलाकार तथा गीतकार नीर शाह, गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार विश्वम्भर प्याकुरेल र कर्म योञ्जनलाई नगर रु २५ हजारसहित सम्मानसमेत गरेको थियो ।

सभामा सङ्गीतकार भूपेन्द्र राजमाझी, रचनाकार प्रकाश रायमाझी, गीतकार उन्नति शिला बोरा, संगीतकार न्ह्यु बज्राचार्यलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस