खानेपानी संस्थानका महाप्रबन्धकको जागिर चट् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खानेपानी संस्थानका महाप्रबन्धकको जागिर चट्


प्रशासन विशेष ब्युरो

१९ मंसिर २०७५, बुधबार


खानेपानी संस्थान

काठमाडौँ । खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ ।

मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको,घोटालामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै उनलाई जिम्मेवारीबाट हटाइको मन्त्रालय स्रोतले बताएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले बुधवार प्रसादलाई जिम्मेवारीबाट हटाउँदै तत्कालका लागि मन्त्रालयका उपसचिव लीलानाथ ढकाललाई महाप्रबन्धको जिम्मेवारी दिने निर्णय भएको उच्च स्रोतले बतायो ।

महाप्रबन्धक प्रसादलाई खानेपानीको पाइप खरिदमा करोडौँ रुपैयाँ घोटाला गर्नुका साथै संस्थानका विभिन्न शाखालाई मनपरी रूपले रकम बाँडेको आरो छ ।

प्रतिक्रिया दिनुहोस