मनाङ्लाई पछ्याउँदै थ्री स्टार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मनाङ्लाई पछ्याउँदै थ्री स्टार


१९ मंसिर २०७५, बुधबार


काठमाडौं । उपाधि होडमा रहेको थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ ।

आज हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौँ चरणको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । सरस्वति क्लबले लिएको शुरुआती अग्रतालाई उल्ट्याउँदै थ्रीस्टारले नजिता आफ्नो पक्षमा पारेको हो । थ्री स्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले एक एक गोल गरे । सरस्वतीका भिक्टरले १ गोल गरे ।

खेलको चौथो मिनेटमै पाएको पेनाल्टीमा भिक्टर आमोबीले गोल गर्दै सरस्वतीलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १७औँ मिनेटमा थ्री स्टारका रञ्जित धिमालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३६औँ मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल थ्री स्टारले २–१ जित्यो । जितसँगै थ्री स्टारले लिगमा छ खेलबाट १५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँगको अङ्क दुरी तीनमा झार्न समेत सफल भएको छ । सरस्वती भने ७/७ अङ्कका साथ आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस